१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माणाधीन सडक खण्ड पूरा गर्न पहल गर्दै गाउँपालिका अध्यक्ष




असार १, बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ महादेवटारबाट वडा नं ६ बनुखचौर जोड्ने मोटरबाटो निर्माणलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले पहल थालेका छन् ।

सो गाउँपालिकाको केन्द्र बनखुसम्म जानका लागि कटुञ्जे चौकीडाँडा–सिपाली–बुढाखानी–बनखु–घर्तीछाप सडक करीब डेढदशकदेखि निर्माण शुरु गरिए पनि वडा नं ४ स्थित महादेवटारबाट अगाडि बढ्न सकेको थिएन । उक्त वडाको खोलाघारीदेखि वनखु जोड्ने स्थानसम्म कडा चट्टान भएका कारण खोल्न बाँकी रहेको सो सडकखण्ड केन्द्र सरकारको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट एक करोड विनियोजन भएकाले पुनः थालिएको हो ।

“अब सो बजेटबाट यसपाली जसरी भए पनि गाउँपालिकाको केन्द्रसम्म बाटो जोड्ने योजनामा छु।” गाउँपालिका अध्यक्ष जिम्बाले भने, “यो बाटो जोडेसँगै गाउँपालिकाको केन्द्रसम्म आफ्नै जिल्ला भएर आवतजावत गर्न सहज हुनाका साथै यात्रा पनि छोटिने छ ।” अहिले सो काम शुरु गरेको एक हप्ता भएको छ । आन्तरिक रुपमा सडक सञ्जालले नजोडिएका कारण अहिलेसम्म पनि छिमेकी जिल्ला सिन्धुलीको रामपुर हुँदै त्यहाँ जानुपर्ने बाध्यता छ ।

सडक ट्र्याक खोल्ने जिम्मा पाएका पिएसके निर्माण सेवा प्रालिका प्रोपाइटर सुदिप गौतमले शुरु गरेको काम तोकिएको समयभित्रै सम्पन्न गरिने जानकारी दिए । “ढिलै ठेक्का आह्वान भएको थियो, अब छनोट भएर प्रक्रिया अगाडि बढेको छ ।” उनले भने, “तोकिएको समयभित्र निर्माण सम्पन्न गरिनेछ ।”अहिले सो ठाउँमा दुईवटा स्काभेटरले काम गरिरहेको छ । रासस

प्रकाशित मिति : १ असार २०७६, आइतबार ००:००