२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोदावरीमा प्राविधिक कलेजको शिलान्यास



जेठ ३२, ललितपुर । गोदावरी नगरपालिका वडा २ विशङ्खुमा प्राविधिक कलेजको भवन निर्माणको शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले पहिलो चरणमा निर्माण हुन लागेको चार तले भवनको शिलान्यास गरेका छन् ।

प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालय हुनुपर्ने संघीय सरकारको अनिवार्य व्यवस्थाअनुसार उक्त कलेज निर्माण गर्न लागिएको हो ।

कलेज निर्माणको काम सम्पन्न गर्न संघीय तहबाट आवश्यक बजेट दिलाउने सिलवालले प्रतिबद्धता जनाए । “

प्रदेशसभा सदस्य लालकुमारी पुनले प्रदेश सरकारबाट विद्यालय भवन निर्माण गर्न बजेट विनियोजन गर्न समन्वय गर्ने बताइन् । आर्थिक वर्ष २०७५÷७६ विनियोजित १ करोड रुपैयाँबाट भवन निर्माणको कार्य सुरू गरिने गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।

“आउँदो नगरसभामा अपुग भएको रकम विनियोजन गर्ने छाँै,” महर्जनले भने, “नगरपालिकाबाट प्रदेश र केन्द्र सरकारसँग बजेट माग गर्ने योजना अघि बढाउने छौँ ।” नगरपालिकाले कलेज निर्माणका लागि २० करोड रकम खर्च हुने अनुमान गरेको छ । रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार ००:००