१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमेश्वर खुला दिसामुक्त नगरपालिका




जेठ ३१, जिरी । दोलखाको भीमेश्वर नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गरिएको छ । यहाँ आयोजित कार्यक्रममा नगरलाई खुला दिसामुक्त नगरको रुपमा घोषणा गरिएको हो ।

नगरलाई आजै पूर्णखोप सुनिश्चतता नगरको घोषणा पनि गरिएको छ । नगरपालिकालाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले खुला दिसामुक्त र भीमेश्वर नगरपालिका प्रमुख भरत केसीले पूर्णखोप सुनिश्चतताको घोषणा गरेका थिए ।

कार्यक्रममा प्रदेश सभासदस्य पशुपति चौलागाईंले दोलखालाई विद्यालय, सहकारी संस्था, वन उपभोक्ता समितिलाई परिचालन गर्न सके अझै खुल्ला दिसामुक्त र पूर्णखोप सुनिश्चित जिल्लाको अभियानले सार्थकता पाउने बताए ।

जिल्ला समन्वय समितिका दोलखाका प्रमुख र खानेपानी स्वच्छता तथा सरसफाइ समितिका अध्यक्ष प्रमुख पाण्डेले स्वस्थ, स्वच्छ र सफा दोलखा निर्माणमा सबैसँग सहयोगका लागि आग्रह गरे ।

भीमेश्वर नगरपालिकाका प्रमुख केसीले भीमेश्वर नगरपालिकालाई समृद्ध बनाउन भौतिक पूर्वाधारको अझै विकास गरिने बताए । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नगरलाई खुला दिसामुक्त घोषणा गरे तापनि दिगोपन र सक्रियता रहनुपर्ने धारणा राखे ।

विसं २०७२ मा नै दोलखालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको भए पनि विनाशकारी भूकम्पका कारण सम्भव भएको थिएन । आगामी असार १३ गते दोलखा जिल्लालाई खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा गर्ने लक्ष्य लिइएको छ । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार ००:००