२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रशासन प्रमुख राख्न गृहकार्य गर्दै प्रदेश सरकार




जेठ ३१, जनकपुरधाम । प्रदेश नं २ मा प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय प्रमुख राख्न गृहकार्य प्रारम्भ गरिसकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सो कुरा बताएका हुन् ।

उक्त कार्यालयका लागि आगामी आर्थिक वर्षमा प्रदेशका आठै जिल्लामा जिप्रका स्थापना गर्न बजेटको व्यवस्थासमेत भइसकेको बताइएको छ । उक्त प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला छन् ।

प्रदेश सरकारद्वारा नियुक्त गरिने जिल्ला प्रशासन प्रमुखले सुरक्षा निकायसँग समन्वय गरी शान्तिसुरक्षा तथा आतङ्कवादी क्रियाकलाप र आन्दोलन नियन्त्रणमा प्रहरी परिचालन र गोली हान्नेसम्म आदेश दिन सक्ने प्रावधान बन्ने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन प्रमुखका अधिकारबीच कसरी समन्वय हुन्छ भन्ने प्रश्नको जवाफमा मन्त्री यादवले सङ्घीय सरकारका प्रमुख जिल्ला अधिकारीले नागरिकता र राहदानी वितरण तथा सीमा सुरक्षासम्बन्धी कार्यसम्पादन गर्ने बताए ।

सङ्घीय सरकार मातहतका प्रमुख जिल्ला अधिकारीले प्रदेश सरकारले दिएको जिम्मेवारी बहन गरे प्रदेश सरकारले जिल्ला प्रशासन प्रमुख नियुक्त नगर्ने पनि उनले जानकारी दिए । मन्त्री यादवले भने, “प्रमुख जिल्ला अधिकारीले सङ्घीय सरकारको मात्र जिम्मेवारी बहन गरेमा प्रदेश सरकारले आफ्नै जिल्ला प्रशासन प्रमुख राख्ने छ ।”

त्यस्तै प्रदेश सरकारले आगामी आवमा प्रदेश प्रहरी भर्ना र आठै जिल्लामा अनुसन्धान ब्युरो स्थापना गर्ने गृहकार्यसमेत गरिरहेको बताइएको छ । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार ००:००