१४ मंसिर २०८२, शनिबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माणकाे ९ महीना नबित्दै रातु पुलमा भ्वाङ



 

जेठ २८, बर्दिवास । पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महीना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त पुल प्रयोगमा आएको नौ महीना नबित्दै कालोपत्र उप्केर ठूलठूला भ्वाङ परेको हो ।

काठमाडौको कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेर गत असोजमा आवागमन खुला गराएको सो पुलमाथिको कालोपत्र उप्केर अहिले ठूलठूला भ्वाङ परेको हो । २५० मिटर लम्बाइ र १०।९० मिटर चौडाइको यो पुलमा अहिले ५० भन्दा बढी ठूलठूला भ्वाङ परेको छ ।

विसं २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको यो पुल एक वर्ष चार महीनाअगावै निर्माण गरेकामा सबैले प्रशंसा गरेका थिए तर पुल प्रयोगमा आएको नौ महीना नबित्दै धेरै भ्वाङ देखिएपछि निर्माणमा कमसल सामान प्रयोग भएको हुनसक्ने आशङ्का सर्वसाधारणमा बढेको हो ।

“धमाधम काम गरेर तोकिएको अवधि अगावै पूरा गर्दा खुशी थियौँ”, पुलको महोत्तरीतर्फको बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चुडामणि पोखरेलले भने, “तर आवागमन खुलेको एक वर्ष नपुग्दै धेरै खाल्डाखुल्डी भएका छन्, यसले कामको गुणस्तरमा प्रश्न उब्जाएको छ ।”

नदीको पुरानो पुल बाढीले भासिदिएकाले अर्को पुल निर्माणका लागि २०७३ साल असार २९ गते उक्त कम्पनीले ठेक्का पाएको थियो । पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खाँबा भासिएकाले आवतजावतमा कठिनाइ भएपछि सरकारले २४ करोड ६० लाखको लागतमा नयाँ पुल निर्माणका उक्त कम्पनीको बोलपत्र स्वीकृत गरेको थियो ।

निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको गुनासो बढेकामा निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले भने आफ्ना तर्फबाट कमसल सामान प्रयोग गरेको नभई रङ्गरोगन गर्ने बेलाको असावधानीले कालोपत्र उप्केर भ्वाङ परेको बताए । “हामीले रातदिन नभनी गुणस्तरीय निर्माण सामग्री प्रयोग गरेर नै पुल निर्माण गरेका हौँ”, पुलको भ्वाङ हेर्न पुगेका ढुङ्गेलले भने, “रङ्गरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल बढी प्रयोग गरेकाले पिच उप्केर भ्वाङ परेको हुनसक्ने र त्यसको कारण पत्ता लगाई असर पु¥याएको केमिकल सफा गरेर उपयुक्त मात्रा मिलाएर तत्काल भ्वाङ पुर्छौं ।”

आइगर्डर ९प्रिस्टेस० डिजाइनबाट छ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १० १० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने साइट इञ्चार्ज ढुङ्गेलले बताए । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलबार ००:००