१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठेखोला गाउँपलिकामा बर्थिङ सेन्टर सञ्चालन



 

जेठ २५, बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ को पालामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवनमा नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकारको बहुवर्षे कार्यक्रमअन्तर्गत १ .करोड ६२ लाख रुपैयाँमा भवन निर्माण गरिएको हो । भवन निर्माण सम्पन्न भएर उपचार सेवा पनि सञ्चालनमा आएपछि शुक्रबार गाउँपालिका अध्यक्ष अमर थापाले भवनको उद्घघाटन गरे । उनले हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्यचौकी भवन उपयोगी भएको बताए ।

नियमित स्वास्थ्यकर्मी बस्नुपर्ने भएकाले वडा तहबाट आवास व्यवस्थापन र स्वास्थ्यचौकीसम्म सहज सडक निर्माणका लागि रु पाँच लाख लगानी गरिएको वडाध्यक्ष खड्ग थापाले बताए ।

“गाउँमै सहज स्वास्थ्य सेवा सञ्चालनका लागि पूर्वाधार मात्र भएर पुग्दैन, सामग्री पनि चाहिन्छ भनेर हामीले सहयोग गरेका हौँ,” थापाले भने, “स्वास्थ्यकर्मीलाई गाउँमै बस्ने र रमाउने वातावरण दिन पनि हामीले सहयोग गरेका छौँ ।” रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार ००:००