१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरजहारी र सानीभेरी गाउँपालिकामा कृषि औजार वितरण



 

जेठ २४, पश्चिम रुकुम । कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि चौरजहारी र सानीभेरी गाउँपालिकाले कृषकलाई कृषि औजार वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी र तरकारीको बीउ जोनले ती गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा ६० लाख मूल्य बराबरका कृषि औजार वितरण गरेको हो ।

वितरण गरिएका कृषि औजारमा मिनि टेलर, स्प्रे ट्याङ्की, बीउ ओसाउने पङ्खा, बिरुवा रोप्ने र स्टोर गर्ने सामग्री वितरण गरिएको तरकारी र तरकारीको बीउ जोनले जनाएको छ ।

दवै गाउँपालिका अन्तर्गतका कृषि समूह तथा कृषि सहकारीलाई औजार बितरण गरिएको हो ।

ती समूह र सहकारीलाई १८ वटा मिनी टेलर, ६१ वटा स्प्रे ट्याङ्की, २५० वटा तरकारीको बीउ ओसाउने पङ्खा, तरकारीको बिरुवा रोप्ने एक थान मेसिन, ड्याङ गराउने मेसिन एक थान र बीउ स्टोर गर्ने ३५ वटा मेसिन वितरण गरिएको जोन कार्यक्रमका वरिष्ठ कृषि अधिकृत महेश चन्दले बताए । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार ००:००