१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लम्कीमा ५१ शैय्याको अस्पतालको शिलान्यास




जेठ २४, लम्की । कैलालीको लम्कीचुहा नगरपालिका १० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सो ५१ शैय्या रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गरेका हुन् । उनले अस्पताल निर्माण भएमा लम्कीचुहा नगरपालिका, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचारमा सहज हुने बताए ।

लम्कीचुहाका प्रमुख महादेव बजगाईंले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण हुनथालेको हो । नगरपालिकाले गाडी किन्न ७५ लाख रकम छुट्याएको थियो । नगरकार्यपालिकाको बैठकले थप १५ लाख रकम थपेपछि अस्पताल निर्माणमा ९० लाख खर्च गरिने भएको छ ।

प्रमुख बजगाईंले निर्णय गरेपछि ३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद रावलले पूर्वाधार विकास कोषबाट एक करोड १० लाख र सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दबहादुर साउदले पूर्वाधार विकास कोषबाट एक करोड १३ लाख विनियोजन गरेका छन् ।

दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको अस्पतालका लागि आवश्यक जग्गा चुहास्थित राष्ट्रिय नव जागृति माध्यमिक विद्यालयले साढे पाँच बिघा जमीन निःशुल्क उपलब्ध गराएको छ । उक्त अस्पतालको बिहीबार शिलान्यास गरिएको थियो । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार ००:००