२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका स्थानीय तहमा कर्मचारी अभाव कायमै




जेठ २०, बैतडी । बैतडीका विभिन्न स्थानीय तहका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ । वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका १ का वडाध्यक्ष सुरतसिंह नेगीले बताए ।

नगरपालिकाभरि दुई जना सचिव रहेको उनले बताए । यस्तै जिल्लाभरि ८४ वडामध्ये ४१ वडा सचिवविहीन रहेका स्थानीय तहले जनाएका छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई मर्का परेको छ । स्थानीय तहका वडाबाट साविकको गाविसभन्दा कम सेवा पाउने गरेको मेलौली नगरपालिका ७ का केशवसिंह भाटले गुनासो गरे ।

वडामा कर्मचारी नहुँदा वडास्तरका सेवा पाउन सकिएको छैन भने स्थानीय तहमा पनि कर्मचारीकै अभाव रहेको छ । कर्मचारी नहुँदा वडाका काम प्रभावित हुने गरेको मेलौली नगरपालिका ३ का वडाध्यक्ष रघुवीर भाटले जानकारी दिए । सिगास गाउँपालिकाका वडामा पनि सचिव नहुँदा सेवाग्राहीले सास्ती पाइरहेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिए । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार ००:००