१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका पुरस्कृत




जेठ १९, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिएको छ । प्रदेश नं १ सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यअनुसार १४ जिल्लाको स्थानीय तहमध्ये छनोट गरी खुम्बु पासाङल्हामुलाई पर्यटकीय गाउँपालिका घोषणा गरेको हो ।

प्रदेश सरकारले गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्रसहित ५० हजार पुरस्कार प्रदान गरेको छ । विराटनगरमा आयोजित दोस्रो प्रदेश समन्वय परिषद् बैठकमा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पालाई प्रमाणपत्र र चेक हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले प्रदेशको मात्र नभई सिङ्गो नेपालकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको प्रति प्रशंसा गर्दै मुख्यमन्त्री राईले पर्यटनको विकासमा प्रदेश सरकारले योजनाबद्ध ढङ्गबाट काम गरिरहेको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको यस गाउँपालिकामा सगरमाथासहित लोत्से, नुप्त्से, आमादब्लम, थामसेर्कुलगायत दर्जनौँ हिमाल रहेको छ । यस्तै चोलापास, रेन्जेलापासलगायत आधा दर्जन पाससमेत यही गाउँपालिकाभित्र पर्छ ।

खुम्बु क्षेत्रको भ्रमणका लागि वार्षिक करीब ५० हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको तथ्याङ्कले देखाउँछ । गाउँपालिका क्षेत्र घुम्न आउने विदेशी पर्यटकबाट गाउँपालिकाले वार्षिक १५ करोडभन्दा बढी राजश्व सङ्कलन गर्छ । गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेको प्रति गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले यस निर्णयबाट देशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार ००:००