जेठ १७, जाजरकोट । नेपाली सेनाको ज्वाला दल गणले निर्माण गरेको ट्रष्ट घर, शौचालय र पानी धारा भेरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
शिघ्र प्रभाव परियोजनाअन्तर्गत नेपाली सेनाले भेरी नगरपालिका–४ बिपी पाटीकामा निर्माण गरिएको संरचना भेरी नगरपालिकालाई आज हस्तान्तरण गरिएको हो ।
धार्मिक तथा पर्यटनको महत्वसमेत बोकेको यस ठाउँमा निर्माण गरिएका संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने विश्वास लिइएको छ । सेनाको दुई लाख र भेरी नगरपालिकाको एक लाख गरी कूल तीन लाखको लागतमा सो संरचना निर्माण गरिएको हो । रासस

प्रतिक्रिया