१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा



जेठ १७। खोटाङ । हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा सरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको करीब दुई वर्षपछि नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको हो ।

वडा नं ५ दुर्छिमको कोटगैरामा निर्माण गरिएको भवनबाट बिहीबारदेखि कामकाज थालिएको नगरप्रमुख इवन राईले जानकारी दिए । स्थानीयवासीले निःशुल्क दिएको जग्गामा ७० लाखभन्दा बढी खर्चमा ‘एल’ आकारको १५ कोठे भवन निर्माण गरिएको हो ।

नगरपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयवासी चार जनाले एक करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी जग्गा निःशुल्क दिएका थिए । स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले निःशुल्क जग्गा दिएका हुन् ।

हालसम्म तत्कालीन गाविसको कार्यालय दुर्छिमको साँघुरो भवनबाट सञ्चालन हुँदै आएको नगरपालिका नयाँ भवनमा सरेपछि सेवा प्रवाह सहज भएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङमा अझै सात स्थानीय तह भाडाको घरमा छन् ।

यसअघि दिप्रुङ चुइचुम्मा र रावाबेँसी गाउँपालिका आफ्नै भवन निर्माण गरेर सरिसकेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले आफ्नो कार्यालय भवन निर्माण गरिरहेको छ भने अन्य छ स्थानीय तह भवन निर्माण प्रक्रियामा रहेका छन् । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार ००:००