१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झोलुङ्गे पुल बन्ने भएपछि सन्थालवासी खुशी



जेठ १६, बनियानी । झापाको गौराहद नगरपालिकास्थित किस्ने खोलामा झुलुङ्गे पुल निर्माण हुने भएको छ ।

प्रदेश नं १ सरकारको भौतिक मन्त्रालयबाट प्राप्त ८२ लाखको लागतमा झुलुङ्गे पुल निर्माण हुन लागेको र यसबाट गौरादह–१ र कमल गाउँपालिका–१ लाई जोड्ने उक्त नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

पुल निर्माण भएपछि यहाँका पाँच सयभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । “कमल गाउँपालिका–१ का बासिन्दालाई पुलले धेरै राहत मिल्ने भएको छ”, वडाध्यक्ष भण्डारीले भने, “पुल नहुँदा बर्खाको समयमा तीन किलोमिटर घुमेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।”

कमल–१ का वडाध्यक्ष केदार कटवालले भने, “यहाँ सन्थाल समुदायको बाक्लो बस्ती रहेको र उनीहरूको आर्थिक हैसीयत नाजुक छ”, यहाँका बासिन्दाको नजीकको बजार भनेकै गौरादह बजार हो, पुल नहुँदा उनीहरूलाई घुमाउरो बाटोमा लामो दूरी तय गर्नुपर्ने बाध्यता थियो ।

”गौरादह–१ डिठ्ठाचोक पूर्वबाट कमल–१ बाँसबारी जोड्ने झोलुङ्गे पुलको लम्बाइ ९७ मिटर र चौडाइ ६ फिट छ । झोलुङ्गे पुल भए पनि बीचमा दुई वटा पिल्लर रहने र सो पुलबाट साना सवारी साधन (मोटरसाइकल, सिटी रिक्सा, टेम्पो, भेन) सहजै आवत–आवत गर्न सक्ने वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रदेश सरकारबाटै पुलको ठेक्का भइसकेको र आगामी माघसम्ममा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको वडाध्यक्ष भण्डारीले बताए । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार ००:००