१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ः ग्रामीण कृषि सडकको सुधारमा ३० करोड



जेठ १२, हेटौँडा । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा ३० करोड विनियोजन गरी कार्यान्वयन प्रक्रियालाई अगाडि बढाएको छ ।

प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको साझेदारीमा सो रकम विनियोजन गरेको हो ।

चालू आवको स्वीकृत बजेट बमोजिम कृषिसँग सम्बन्धित सङ्घ, संस्थासँग सम्झौता गरी योजना कार्यान्वयन गरिएको हो । मन्त्रालयका अनुसार नुवाकोटमा आठ, सिन्धुपाल्चोकमा आठ, चितवनमा १२, काभ्रेपलाञ्चोकमा ११, ललितपुर र भक्तपुरमा सात÷सात, दोलखामा छ, मकवानपुरमा ११, रामेछापमा छ, सिन्धुलीमा ११ तथा धादिङमा सात कृषि सडक सुधारका लागि योजना स्वीकृत भएको हो ।

मन्त्रालयका प्रवक्ता निर्मल गदालका अनुसार मन्त्रालयले ग्रामिण कृषि सडक सुधार गर्नुपर्ने स्थानको पहिचान गरी प्रस्तावना पेश गर्न कृषिसँग सम्बन्धित संस्थालाई जानकारी गराइएको थियो । सतासी कृषि संस्था छनोट गरी काम गर्न सम्झौता गरिएको छ ।

वर्षा याममा कृषि उपज सम्बन्धित बजार क्षेत्रमा पु¥याउन नसक्दा किसानको मेहनत खेर जाने भएकाले ग्रामिण कृषि सडकको विकासमा जोड दिइएको गदालको भनाइ छ । प्रदेश नं ३ का १३ जिल्लामध्ये ११ जिल्लामा ग्रामीण कृषि सडकको विकासमा उक्त लगानी गरिएको हो । यसैबीच हेटौँडा उप–महानगरपालिकाले अनलाइनमार्फत घटना दर्ताको कार्य शुरु गरेको छ ।

उक्त उप–महानगरपालिका–६ को कार्यालयबाट घटना दर्ता अनलाइनमार्फत शुरु गरिएको हो । अनलाइन घटना दर्ता प्रणाली शुरुआतसँगै अब व्यक्तिगत विवरण अनलाइनमार्फत हेर्न सकिने र घटना दर्तामा कागजविहीन प्रविधिको उपयोग गरिएको वडाका प्रशासकीय अधिकृत आमोद मैनालीले जानकारी दिए ।

मृत्यु दर्ता, विवाह दर्ता, जन्म दर्ता, सम्बन्ध बिच्छेद लगायत घटनाको दर्ता अनलाइनमार्फत शुरु गरिएको हो । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार ००:००