२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलाठी कोइलाडी–१ बालविवाहमुक्त वडा घोषणा



सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए ।

समाज परिर्वनका लागि सामाजमा बालविवाहमुक्त हुनुपर्ने उल्लेख गर्दै उहाँले दाइजो प्रथाले पनि समाजमा बालविवाह बढेकामा चिन्ता व्यक्त गरे । उनले प्रदेश नं २ मा ‘बेटी बचाउ, बेटी पढाउ’ अन्तर्गत १ लाख २५ हजार रुपैयाँको शैक्षिक बीमाको तयारी भइरहेकाले सामाजिक परिवर्तन भए मात्र सबैको विकास सम्भव हुने बताए ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीले आयोजना गरेको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा वडाध्यक्ष दिनेश्वर मिश्रले ९ सय ३० घरधुरी रहेको वडामा चालू आवको अहिलेसम्मको अवधिमा २८ विवाह भएका र त्यसमध्ये चार वटा मात्र बालविवाह भएका जानकारी दिए । रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ००:००