३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलाठी कोइलाडी–१ बालविवाहमुक्त वडा घोषणा



सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए ।

समाज परिर्वनका लागि सामाजमा बालविवाहमुक्त हुनुपर्ने उल्लेख गर्दै उहाँले दाइजो प्रथाले पनि समाजमा बालविवाह बढेकामा चिन्ता व्यक्त गरे । उनले प्रदेश नं २ मा ‘बेटी बचाउ, बेटी पढाउ’ अन्तर्गत १ लाख २५ हजार रुपैयाँको शैक्षिक बीमाको तयारी भइरहेकाले सामाजिक परिवर्तन भए मात्र सबैको विकास सम्भव हुने बताए ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीले आयोजना गरेको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा वडाध्यक्ष दिनेश्वर मिश्रले ९ सय ३० घरधुरी रहेको वडामा चालू आवको अहिलेसम्मको अवधिमा २८ विवाह भएका र त्यसमध्ये चार वटा मात्र बालविवाह भएका जानकारी दिए । रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ००:००