१४ मंसिर २०८२, शनिबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कल्याणपुर नगरपालिकाका कर्मचारी काममा फर्के



जेठ १०, लहान । कर्मचारीलाई हातपात गर्नेले सार्वजनिक रुपमा माफी मागेपछि सिरहाको कल्याणपुर नगरपालिका कर्मचारी काममा फर्केका छन् ।

कार्यकक्षमै काम गरिरहेको बेला कल्याणपुर नगरपालिका ओभरसियर छेदीकुमार साफीलाई हातपात गर्ने कल्याणपुर नगरपालिका–७ रमपुरा भेडियाका दीपेन्द्र यादव लगायतले माफी मागेपछि कर्मचारी काममा फर्केका हुन् ।

सहकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित दुई दिनदेखि नगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका थिए ।

समस्या समाधानका लागि भएको छलफलमा हातपात गर्ने व्यक्तिले सार्वजनिक रुपमा माफी माग्दै अब उप्रान्त घटना नदोहो¥याउने प्रतिबद्धता जनाएकाले कर्मचारी काममा फर्केको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले जानकारी दिए । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार ००:००