१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निस्दी गाउँपालिकाको सहलकोटमा बस पुगेपछि खुशियाली



जेठ १०, बेझाड । निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ । बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ५७९३ नं को बस सहलकोटको पुरानथर गाउँमा पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ ।

स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस पुगेको हो । गाउँमा बस लिएर पुगेका बस चालक र व्यवसायी समितिका पदाधिकारीलाई स्थानीयवासीले खुशी हुँदै स्वागत गरेका छन् । साना जीप मोटरसाइकल गुड्ने यस गाउँमा बस पुगेपछि रमाइलो लागेको स्थानीयवासी प्रेम बाकाबलले बताए । निस्दी गाउँपालिकाको दुर्गम र विकटमा पर्ने यस गाउँमा बस पुगेपछि गाउँमा उत्पादित कृषिजन्य सामग्री बजार लैजान सजिलो पर्नेछ ।

फाट्टफुट्टमात्रामा चल्ने साना जीपमा क्षमताभन्दा बढी यात्रु र सरसामान बोक्नुपर्ने बाध्यता थियो । कच्ची सडकमा यसरी यात्रा गर्न निक्कै जोखिम थियो । स्थानीय तहले सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएपछि ग्रामीण भेगमा सवारी साधन पुग्न थालेका छन् ।

पहिलो प्राथमिकतामा राखेर स्थानीय तहले सडक निर्माणमा ठूलो रकम खर्च गरिरहेका छन् । अब भने जोखिमपूर्वक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । यातायात समितिले अब नियमितरुपमा बस सेवा सञ्चालन गर्ने जनाएको छ । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार ००:००