काडमाडौं, ८ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विपद् व्यवस्थापनका लागी महानगरले न्यून र अति जोखिमको नक्शाङ्कन गर्ने बताएका छन् ।
नक्शांकन गरि विपत्तिका समयमा हुनसक्ने क्षति पहिचान गर्ने शाक्यले बताए ।
नेपाल रेडक्रस सोसाइटीले बुधवार आयोजना गरेको ‘विपदको समीक्षा र अनुभव आदानप्रदान तथा आगामी कार्ययोजना’ विषयक अन्तरक्रियामा शाक्यले विपदको सामना गर्न महानगरले नक्शाङ्कन गर्न लागिएको बताए ।
तथा विपत्तिका समयमा हुनसक्ने क्षति पहिचान गर्न कामपा र बुढानिलकण्ठ नगरपालिकामा सो परियोजना सञ्चालन भइरहेको पनि उनले बताए ।
महानगरको विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं २५ का वडाध्यक्ष नीलकाजी शाक्यले विद्यालयको पाठ्यक्रममै विपत्तिको प्रभावकारी सामना तथा जोखिम व्यवस्थापनसम्बन्धी अध्यायन सामाग्री समेट्ने तयराी रहेको बताए ।
रेडक्रस विपद् व्यवस्थापन विभागका इञ्जिनियर भरतराज भाटले महानगरको वेबसाइटमा भएका वडागत नक्शामा जोखिमका सम्भावना पनि देखाउने तयारीमा लागेको बताए । रासस


प्रतिक्रिया