२० कार्तिक २०८३, बिहिबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षाको माग गर्दै जनप्रतिनिधि सदरमुकाममा

लेखक स्थानीय खबर ७ जेष्ठ २०७६, मंगलबार १ मिनेट पढाइ

जेठ ६, बझाङ । खप्तड छान्ना गाउँपालिका ६ का जनप्रतिनिधिसहित कर्मचारी सुरक्षाको माग गर्दै सदरमुकाम आएका छन् । वडाध्यक्ष तिलकबहादुर खड्का र सचिव दीपक खड्का लगायत जनप्रतिनिधि तथा कर्मचारी सदरमुकाम चैनपुर आएका हुन् ।

आइतबार गाउँपालिकाको आयोजनामा वडास्तरीयअन्तर्गतका मावि र निमावि तहबीच पोषण, महीनावारी स्वच्छतासम्बन्धी वक्तृत्वकला कार्यक्रमको शुरुआत गरिरहेका बेला वडा कार्यालय नजीकै घर भएका डबलबहादुर खड्काले शिक्षक र जनप्रतिनिधिलाई गालीगलौच तथा दुव्र्यवहार गरेपछि सुरक्षाको माग गर्दै सदरमुकाम आएका वडाध्यक्षले जानकारी दिए ।

महिला जनप्रतिनिधि कृष्णा थापाले दुर्ब्यवहार गर्ने खड्कासहित छोराहरुले महिलाको समेत गाली बेइज्जती गरेको हुँदा वडा कार्यालयमा आउन जानसमेत डर लाग्ने गरेको बताइन् । पाटादेवलमा खड्का परिवारको बाहुल्यता रहेको र उनीहरुले जहिले पनि पाटादेवलमा धम्की, झैझगडा गरी आफ्नो मातहतमा वडा कार्यालय चलाउनुपर्ने दबाब दिने गरेको समेत जनप्रतिनिधिहरुको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेल गर्दै जनप्रतिनिधिहरुले खड्का परिवारबाट आफूमाथि धेरै अन्याय गरिएको र सहेर बसेको बताएका छन् । दुव्र्यवहारको आरोप लागेका खड्काका छोरा त्रिभुवनले जनप्रतिनिधिले हातपात गरेकाले आफूहरुले प्रतिकार गरेको बताए । सहायक प्रजिअ राम सार्कीले यस विषयमा सबैलाई बोलाएर छलफल गरिने जानकारी दिए । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।