२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिर्के खोला आसपास डोजर नचलाउन अन्तरिम आदेश



जेठ ६, कास्की । उच्च अदालतले पोखराको मध्य भाग भएर बग्ने फिर्के खोला वरिपरि डोजर नचलाउन महानगरपालिकालाई अन्तरिम आदेश जारी गरेको छ ।

पोखरा महानगरपालिकाले फिर्के खोला र सेती नदीको मापदण्ड गलत नियतले फरक गरेको र फिर्के आसपास डोजर चलाएर स्थानीयका संरचना भत्काउने तयारी गरेको भन्दै यही जेठ ५ गते मधुसूधन कोइराला, फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायणविक्रम शाही, प्रकाश कोइराला लगायतले अदालतमा रिट निवदेन दर्ता गरेका थिए ।

सो रिट निवेदनका सम्बन्धमा उच्च अदालतका न्यायाधीश जगतप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरी दुवै पक्षबीच छलफल गर्नुपर्ने देखिएकाले यही जेठ १३ गतेसम्म निवेदकको घरजग्गामा तत्काल डोजर लगाउने कार्य नगर्नु नगराउनु भन्ने आदेश गरेको अदालतका नायब सुब्बा रामप्रसाद न्यौपानेले बताए ।

अदालतको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो रु निवेदकको मागबमोजिम आदेश किन जारी गर्नुनपर्ने हो रु जारी गर्नु नपर्ने कानूनसम्मत आधार र कारण भए सो समेत खुलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्नु ।” प्रारम्भिक सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता हिमलाल पराजुलीले बहस गरेका थिए । संरक्षण समितिले फिर्केको मापदण्ड विज्ञ टोली गठन गरेर मात्र तय गरिनुपर्ने बताउँदै आएको छ । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार ००:००