५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका योजना स्तरीय र दिगो हुनुपर्नेमा जोड



जेठ ५, बैतडी । स्थानीय तहका योजना निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ । दशरथचन्द नगरपालिकाका ११ वटै वडामा जनप्रतिनिधि र योजना छनोट प्रक्रियामा सहभागी समुदायका अगुवाका लागि अभिमुखीकरण कार्यक्रम शुरु गरिएको हो ।

रेडत्रस बैतडीले सञ्चालन गरेको योजना तर्जुमा गोष्ठीमा सहभागीले योजना छनोट गर्दा स्तरीय र दिगोपना ल्याउने खालका योजना बनाउन सक्षम बनाउन अभिमुखीकरण कार्यक्रम गरिएको रेडत्रसका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताए ।

जनप्रतिनिधि र वडाका अगुवा समुदायले वडाको समृद्धि गर्ने स्थानीयवासीको आवश्यकता र मागका आधारमा योजना निर्माण गर्न सक्षम बनाउन प्रत्येक वडामा अभिमुखीकरण गर्न थालिएको दशरथचन्द नगरपालिकाका समाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए ।

योजना छनोटका चरण, योजना छनोट गर्दा वडावासीको चाहना, माग, आवश्यकता र समुदायलाई लाभ पुग्ने किसिमबाट योजना निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह गरिँदै आएको नगरपालिकाले जनाएको छ ।

समुदायको वास्तविक समस्या पहिचान गरी निष्पक्ष ढङ्गले योजना छनोट गर्दा सबैलाई लाभ पुग्नसक्ने वडा नं ६ का वडाध्यक्ष गजेन्द्रसिंह रावलले जानकारी दिए । टोलटोलबाट सबैको चाहना र समस्या पहिचान गर्दै योजना छनोट र बजेट विनियोजन गर्दै आएको उनले बताए । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार ००:००