१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायिक समितिको काम औपचारिकरूपमा थालनी



जेठ ३, दैलेख । स्थानीय सरकार गठन भएको दुई वर्षपछि नारायण नगरपालिकाले इजलास निर्माण गरेर न्यायिक समितिको काम औपचारिकरूपमा थालनी गरेको छ ।

दैलेखका ११ स्थानीय तहमध्ये पहिलोपटक नारायण नगरपालिकाले इजलास निर्माण गरेर औपचारिकरूपमा शुरु गरेको छ । यसअघि न्याय समितिले इजलासविना नै आएका उजुरीको अधिकार क्षेत्रभित्र रहेर छलफल गर्दै सहमतिका आधारमा काम गर्दै आएको थियो ।

नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सावित्री मल्लले निर्वाचन जितेलगत्तै आफूहरु सबै नागरिकको पक्षमा निष्पक्ष काम गर्नका लागि खटिएको र इजलासमा बसेर निर्णय गर्दा कोही कसैमाथि पनि अन्याय नगरी काम गर्ने बताइन् । न्यायिक समितिले विवाद निरुपण गर्ने ११ नियमहरु र अन्य १३ विषयका बारेमा छलफल गर्दै आएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहमा इजलासको आवश्यकता महसुस गरिएको भए पनि स्थान अभावका कारण इजलास बन्न सकेका छैनन् । इजलास निर्माणसँगै न्याय सम्पादनमा सहज हुने नगरपालिकाले जानकारी दिएको छ । न्याय समितिको कार्यसम्पादनभन्दा बाहिर रहेका मुद्दाका बारेमा सहजीकरणसँगै अदालतमा जानुपर्ने विषयमा सोझै आदालत पठाउने काम गरेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत जगत बस्नेतले बताए । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ००:००