२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर अस्पताल निर्माण गर्दै ललितपुर महानगर



वैशाख ३०, ललितपुर । नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ ।

अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ । यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको वडा नं २७ (साविक सुनाकोठी गाविस) मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “त्यस स्थानमा झण्डै १७ रोपनी खाली जग्गा खाली भएकाले अस्पताल निर्माणका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।”

ललितपुर उपमहानगरपालिका भएदेखि नै यहाँ सरकारी अस्पताल नहुँदा नगरवासी प्राथमिक स्वास्थ्य केन्द्र वा काठमाडौंका सरकारी अस्पताल जान बाध्य थिए । ललितपुरमा लामो समयसम्म जिल्ला अस्पताल नभएपछि अघिल्लो वर्ष मात्रै गोदावरी नगरपालिकाको स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल सारिएको थियो ।

महानगरपालिकाको वडास्थित स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरले पनि बिरामीलाई किस्ट अस्पतालमा सिफारिश गर्ने गरेको थियो । रासस

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ००:००