२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँसभाबाट २१ वटा कानून अनुमोदन



वैशाख २९, खलङ्गा । जुम्लाको सिञ्जा गाउँपालिकाले दोस्रो गाउँसभाबाट २१ वटा कानून अनुमोदन गरेको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन स्थानीय सरकारले ऐन, नियम र निर्देशिका निर्माण गरी अनुमोदन गरेको हो ।

बजार अनुगमन निर्देशिका, पूर्वाधार व्यवस्थापन ऐन, स्थानीय शिक्षा ऐन र सहकारी ऐनि २०७६ लगायत २१ कानून गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

गाउँसभाबाट आवश्यक पर्ने कानून अनुमोदन भएकाले काम गर्न सहज हुने उनको भनाइ छ । उनले आवश्यक कानून निर्माण भएकाले अब कार्यान्वयनमा जोड दिइने बताए । कानून नभएका कारण गाउँपालिकाबाट हुने विभिन्न काम रोकिएको भन्दै अधिकृत पदमबहादुर भण्डारीले अब काम गर्न सहज हुने बताए ।

गाउँपालिकालाई आवश्यक पर्ने जग्गा उपलब्ध भइसकेकाले भवन निर्माणको काम आउँदो आर्थिक वर्षबाट शुरु गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

यसैगरी धितालिही–जोडु भाँडगाउँ हुँदै चन्दननाथ नगरपालिकाको जातिभीडसम्म जोड्ने सडकको डिपिआर तयार गरी काम शुरु गर्ने गाउँपालिकाको बृहत् योजना रहेको छ । रासस

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार ००:००