७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयको सक्रियतामा सडक स्तरोन्नति



वैशाख २६, बेझाड । पूर्वखोला गाउँपालिका ५ को वीरकोट र रामपुर नगरपालिका १० को गेझा जोड्ने वीरकोट–गेझा–बर्दले सडक स्थानीयवासीको सक्रियतामा स्तरोन्नति गर्ने काम सकिएको छ ।

सडक स्तरोन्नतिका लागि यहाँका स्थानीयवासीले जनश्रमदानसँगै आर्थिक सहयोग पनि गरेका छन् । सो सडक निर्माणका लागि पूर्वखोला गाउँपालिकाबाट १४ लाख रकम सहयोग प्राप्त भएको थियो ।

स्थानीय उपभोक्ताको जनश्रमदान र दुई लाख १४ हजार ८४२ गरी जम्मा १६ लाख १४ हजार ८४२ को लागतमा सडक स्तरोन्नति गर्ने काम भएको उपभोक्ता समितिका सचिव जगबहादुर जर्घाले जानकारी दिए । यहाँ सडक स्तरोन्नति नहुँदा आवतजावतमा स्थानीयवासीले निकै सास्ती खेप्नुपरेको थियो । रासस

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार ००:००