१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडीकेदार गाउँपालिकाः वडा कार्यालयमा आगजनी



वैशाख २४, डोटी । जिल्लाको बडीकेदार गाउँपालिका–४ मान्नाकापडी वडा कार्यालयमा आगजनी भएको छ । गए राति करीब २ः०० बजेतिर अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

आगजनीबाट कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्णरूपमा जलेर नष्ट भएको वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताए । उनले भने, “अज्ञात समूहले वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी सबै सामग्री एक ठाउँमा जम्मा पारेर आगो लगाएका छन् ।”

रातिको समयमा आगो लगाइएको भए पनि आज बिहान मात्रै प्रहरीलाई जानकारी भएपछि इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षक भरत चौधरीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

उनले भने, “घटनाबारे थाहा पाउने बित्तिक्कै प्रहरी टोली खटाएका छौँ, कसले र किन आगजनी गरेको हो प्रहरी पुगेपछि थाहा हुनेछ ।” आगो कसले लगायो, किन लगायो भन्ने विषयमा अहिलेसम्म केही पत्ता नलागे पनि यसमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । रासस

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार ००:००