१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जिससलाई शक्तिशाली बनाउन आवश्यक’



वैशाख २३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला समन्वय समिति (जिसस) लाई शक्तिशाली बनाउन आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिल्ला समन्वय समिति महासङ्घ कर्णाली प्रदेशका नवनिर्वाचित अध्यक्ष राजकुमार शर्मासहित पदाधिकारीसँगको आज भएको भेटमा उनले जिससलाई सक्रिय बनाउने कानून जरुरी रहेको बताए । “संविधानमा जिसस संरचना रहने र तीनै तहको समन्वय गर्न यसको कानून बनाउने व्यवस्था गरिएको छ,” मुख्यमन्त्री शाहीले भने, “कानून नबनेकाले अहिलेसम्म यसको भूमिका कस्तो हुने भन्ने कुरा स्पष्ट छैन ।”

जिससको काम, कर्तव्य र अधिकारको व्याख्याका लागि कानून निर्माणतर्फ लाग्नुपर्ने भन्दै उनले जिसस महासङ्घको नेतृत्वलाई कर्णालीको माटो सुहाँउदो कानूनको मस्यौदा तयार गर्न सुझव दिए । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले आफू आशावादी रहेको उल्लेख गर्दै उनले भने, “कर्णालीका नाममा अनुदान माग्ने र कानून बाँड्दै हिँड्ने सङ्घ संस्थाहरुसँग हामी होशियार रहनुपर्छ ।”

जिसस महासङ्घका प्रदेश अध्यक्ष शर्माले समन्वय समितिको कानून निर्माणका लागि मुख्यमन्त्रीमार्फत प्रदेश सरकारलाई आग्रह गरे । गाउँपालिका र जिससका सदस्यहरुको पारिश्रमिकमा समेत विभेद भएको उल्लेख गर्दै उनले भने, “कानून निर्माण भए मात्र सबै कुराको व्याख्या हुन्छ र जिससको भूमिका देखिन्छ, अहिले त हामी कसैले वास्ता नगर्ने अवस्थामा छौँ ।”

महासङ्घका प्रतिनिधि कार्मा बुढाले जतिसक्दो छिटो कानून बनाएर कार्यविधि ल्याउन सके मात्र जिससको समन्वयकारी भूमिका प्रष्ट हुने बताए । स्थानीय र प्रदेश सरकारको केही नमिलेको जस्तो अवस्था देखिएको औँल्याउँदै उनले स्थानीय तह, प्रदेश र सङ्घसँगको समन्वय गर्ने संयन्त्र कामविहीन बनाइएको गुनासो गरे । रासस

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ००:००