२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरकप फुटबलः विदुर नगरपालिका सेमिफाइनलमा



वैशाख १९, विदुर । विदुर नगर मेयरकप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक विदुर नगरपालिका विजयी भएको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा विदुर नगरपालिकाले धादिङको धुनीबेँसी नगरपालिकालाई ९–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । विदुरका लागि आशिष लामा एक्लैले ६ गोल गरेको एन्फा उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए । यस्तै विदुर नगरपालिकाका लागि विकास मगर, सन्तोष थापा र मोहन गुरुङले एक÷एक गोल गरेका थिए ।

खेलको १५ औँ मिनेटमा आशिषले पहिलो गोल गरेका थिए । लगत्तै धुनीबेँसीका दीपेन्द्र रेग्मीले गोल फर्काएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष बद्रीबहादुर प्रधानले बताए । मध्यान्तरपछिको खेलमा विदुरका लागि आशिषले लगातार ६८ औँ, ७८ औँ र ७९ औँ मिनेटमा गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ भएका उनले ५ हजार पुरस्कार प्राप्त गरे । शुक्रबार तनहुँको व्यास नगरपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाबीच खेल हुनेछ ।

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकूद विकास समिति र नुवाकोट फुटबल सङ्घको संयोजनमा भइरहेको प्रतियोगितामा ८ नगरपालिकाका फुटबल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार, उत्कृष्ट खेलाडीले १५ हजार तथा उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्नेछन् । रासस

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार ००:००