२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीयस्थल प्रवर्द्धनका लागी ऐतिहासिक स्याङ्जा नुवाकोटको अवलोकन

लेखक स्थानीय खबर १९ बैशाख २०७६, बिहिबार १ मिनेट पढाइ

वैशाख १९, पोखरा । कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले जानकारी दिए ।

नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि विसं १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो । भ्रमण टोलीलाई त्यहाँस्थित काला भैरव मन्दिर, ऐतिहासिक दरबार क्षेत्रलगायतका विषयमा स्थानीय समाजसेवी एवं काला भैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी गराए ।

अवलोकन भ्रमणमा समाजका सल्लाहकार प्रेमप्रकाश गौतम, भगवान पन्त लगायतले नुवाकोट राज्यको ऐतिहासिक महत्वका सम्बन्धमा प्रकाश पार्दै यसको प्रवर्द्धनको आवश्यकता सम्बन्धमा आआफ्ना धारणा राखेका थिए । रासस

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।