१६ मंसिर २०८२, सोमबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुर थिमीमा निःशुल्क स्वास्थ्य परीक्षण



बैशाख १८, भादगाउँ । मध्यपुरथिमी नगरपालिका–१ ले वडाका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, निःशुल्क स्वास्थ्य बिमा गर्नुका साथै पोषण र सहयोगी सामग्री वितरण गरेको छ ।

वडाका ३ सय ९ जना जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकलाई सो सेवा उपलब्ध गराएको हो ।

वडास्थित लोहकल्थली स्वास्थ्य चौकी, समित अस्पताल र लोहकल्थली आयुर्वेदिक केन्द्रले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको वडा अध्यक्ष सुरज खड्काले जानकारी दिए ।

सो अवसरमा स्वास्थ्य परीक्षणमा सहभागीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । वडाको वार्षिक कार्यक्रमअनुसार जेष्ठ नागरिकको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको खड्काले जानकारी दिए । रासस

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार ००:००