१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली नदीमा स्काभेटर खस्यो



वैशाख १७, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो ।

स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए ।

स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उनको भनाइ थियो । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको बताइएको छ । रासस

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार ००:००