२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रमदानमा सामुदायिक भवन निर्माण



वैशाख १६, बलेवा । बागलुङको बडिगाड गाउँपालिकाका महिलाले आफ्नै सक्रियतामा सामुदायिक भवन निर्माण गरेका छन् । समुदायमा हुने हरेक क्रियाकलाप सञ्चालनका लागि सामुदायिक भवनको आवश्यकता महसुस गर्दै महिलाले बडिगाड गाउँपालिका ३ सिसाखानीमा सामुदायिक भवन बनाएका हुन् ।

आमा समूहमार्फत् श्रमदान जुटाएर भवन निर्माण थालेका महिलालाई वडा कार्यालयले दुई लाख अनुदान दिएको थियो । भवन निर्माणका लागि आमा समूहको नेतृत्वमा साविक सिसाखानी वडा नम्बर १ का प्रत्येक घरधुरीले ८० प्रतिशत जनश्रमदान गरेका समूहका अध्यक्ष ललिता रानाले जानकारी दिइन् । ६५ परिवारको बसोबास रहेको उक्त क्षेत्रमा बनेको सामुदायिक भवनका कारण स्थानीयलाई सामाजिक क्रियाकलाप सञ्चालनमा सहज हुनेछ ।

झण्डै तीस जना महिला आबद्ध रहेको आमा समूहले गाउँमा हुने विवाह, व्रतबन्ध, पूजापाठ लगायतका कार्यक्रममा नाचगान गर्दै रकम सङ्कलन गर्दै आएका थिए । श्रमदान र वडा कार्यालयले दिएको अनुदानबाट अपुग रकम आफ्नै सञ्चितकोषबाट खर्च गरेको अध्यक्ष रानाले जानकारी दिइन् ।

मगर बस्तीको रुपमा चिनिएको उक्त ठाउँका महिलाले आगामी दिनमा महिला सशक्तीकरण, घरेलु हिंसा लगायतमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको समूहका सक्रिय सदस्य धनमाया पुनले बताइन् । रासस

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ००:००