१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहलाई उपकरण हस्तान्तरण



वैशाख १५, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय तह आपत्कालीन कार्य सञ्चालन केन्द्रका लागि स्थानीय तहलाई उपकरण हस्तान्तरण गरेको छ । उपकरणमा एक थान कम्प्युटर, एक थान प्रिन्टर र एक थान मोबाइल छन् ।

सो उपकरण प्रदेश भरिका १३७ स्थानीय तहलाई एक करोड १७ लाख मूल्य बराबरको छ भने प्रत्येक स्थानीय तहलाई ८५ हजार बराबरको उपकरण हस्तान्तरण भएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यस्ता उपकरणबाट स्थानीय तहमा आपत्कालीन अवस्थामा सहज बनाउन मद्दत गर्ने बताए ।

उनले सरकारको पहुँच स्थानीय तहसम्म पुगेको महसुस हुने र यसबाट आम नागरिकलाई सेवा प्रवाहमा मद्दत पनि पुग्ने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार ००:००