२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिपायल सिलगढी साक्षर नगरपालिका घोषणा



वैशाख १५, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरपालिकामा रहेका नौवटै वडाका स्थानीय साक्षर भएको भन्दै वडा साक्षर घोषणा गरिएसँगै पूरै नगरपालिकालाई नै आज साक्षर नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिकाभित्र बसोबास गर्ने १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६ दशमलव ७८ प्रतिशत नागरिक साक्षर भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासीले बताए । उनले भने, “हाम्रो नगरपालिकामा ९६।७८ प्रतिशत नागरिक साक्षर भएकाले हामीले साक्षर नगरपालिका घोषणा गरेका हौँ ।”

नगरपालिकाका सम्पूर्ण वडालाई शनिबार एकै दिन वडावडामा कार्यक्रम आयोजना गरी साक्षर घोषणा गरिएको दिपायल सिलगढी नगरपालिका, शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख मञ्जु थापाले जानकारी दिए । जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले नगरपालिकालाई जिल्लाको पहिलो स्थानीय तहका रुपमा साक्षर घोषणा गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले शिक्षा क्षेत्रमा ठूलो मात्रामा लगानी भएको र सोचेअनुसार प्रतिफल नआइरहेको भन्दै शैक्षिक अवस्था सुधारका लागि सबै सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने बताए । उनले भने, “शिक्षा क्षेत्रमा लगानी गरिएअनुसार प्रतिफल पाउन सकेको देखिएन, सबै सरोकारवालाले लगानीअनुसार प्रतिफल पाउनेपर्ने भूमिका खेल्नुपर्ने भएको छ ।” रासस

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार ००:००