१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्यन गरिने



वैशाख १५, कावासोती । गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताएकी छन् ।

नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यासका क्रममा यस प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको उनले जानकारी दिइन् । प्रदेशका ११ वटा जिल्लाभित्र कहा“ जडीबुटी सङ्कलन केन्द्र र प्रशोधन केन्द्र बनाउने भन्नेबारे समिति गठन गरी अध्ययन शुरु गर्न लागिएको मन्त्री मगरले बताइन् ।

उक्त सामुदायकि प्राकृतिक चिकित्सालयमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको पूजीगत अनुदानबाट आधुनिक उपचार भवन निर्माण गर्न लागिएको हो । तीन तलाको सुविधा सम्पन्न आधुनिक भनव निर्माणका लागि १० करोड ७१ लाख ७९ हजार २९० खर्च लाग्ने र तीन वर्षमा भवन निर्माण गरिसक्ने जनाइएको छ ।

उक्त भवनका लागि हाल प्रदेश सरकारबाट एक करोड विनियोजन गरिएको छ । सोही बजेटबाट भवन निर्माणको थालनी गरिएको र अपुग रकम आन्तरिक स्रोत परिचालनका साथै सरकारले व्यहोर्ने चिकित्सालयका निर्देशक डा विनोद पौडेलले बताए ।

भवन निर्माण भएसँगै थप दुई सय बिरामीलाई आवासीय रुपमा सेवा प्रदान गर्न सकिने जनाइएको छ । उक्त चिकित्सालय १५० शैय्या क्षमताको छ । रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा पञ्च तत्व, योग ध्यान, फिजियो थेरापी, अकुपञ्चर ,अकुपे्रसर, भोजन चिकित्सा पद्धतिबाट स्वास्थ्योपचार गर्ने गरिन्छ । विसं २०६८ मा स्थापना भएको यस चिकित्सालयमा देशका ६६ जिल्लाका साथै भारतका बिरामी गरी करीब २० हजारले उपचार गराएको निर्देशक पौडेलले बताए । रासस

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार ००:००