१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानीका लागि रिचार्ज पोखरी निर्माण



वैशाख २, बैतडी । खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका ६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् ।

सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् । सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी कार्कीले जानकारी दिइन् । नवज्योति महिला सशक्तीकरण केन्द्रमा आबद्ध महिलाले मिलेर पानीको मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय तारा कार्कीले जानकारी दिइन् ।

पछिल्लो समय जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोग लगायतका कारणले पानीका मुहान सुक्न थालेपछि मुहान संरक्षणमा महिला सक्रिय छन् । पानीको मुहानबाट माटोको ढिस्कोले ड्याम बनाएर रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी चुनाराले बताइन् ।

ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाजले तटीय क्षेत्रका बासिन्दालाई पानीको मुहान संरक्षणका बारेमा जानकारी दिएपछि स्थानीय महिलाले रिचार्ज पोखरी निर्माण गरेको कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिए । रासस

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार ००:००