२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोमसोम–लोमान्थाङ सडक सञ्चालनमा

लेखक स्थानीय खबर २९ चैत्र २०७५, शुक्रबार १ मिनेट पढाइ

चैत २९, ठिनी । मुस्ताङको जोमसोम–लोमान्थाङ सडक करीब चार महीनापछि सञ्चालनमा आएको छ । जोमसोमदेखि कागबेनी छुसाङ हुँदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जोड्ने सडकमा गत पुसदेखि हिउँ जमेर यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक सुचारु भएपछि चिसो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन थालेका छन् । सो सडक खुलेपछि लोमान्थाङ, दामोदरकुण्ड, कोरला क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज भएको छ । बाक्लो हिउँ जमेको समर–भेना खण्डमा एक्साभेटर परिचालन गरेर हिउँ पन्छाइ खुलाइएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।

यसवर्ष फागुनको अन्तिम सातासम्म बाक्लो हिमपात भएको थियो । लोमान्थाङ, लोघेयकर दामोदरकुण्ड गाउँपालिका र उपल्लो मुस्ताङ जीप व्यवसायी समितिको पहलमा सडक खुलाइएको यातायात व्यवसायी देव गुरुङले बताए । उनका अनुसार उपल्लो मुस्ताङमा ३० भन्दा बढी गाडीले यातायात सेवा दिइरहेका छन् ।

सडक खुलेसँगै केही दिनयता म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटक र तीर्थयात्रीको चाप बढेको छ । देशका विभिन्न ठाउँ र विदेशबाट आएका पर्यटक तथा तीर्थयात्रीको बेनी–जोमसोम सडकमा चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख बैकुण्ठ पौडेलले बताए । रासस

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।