२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री



चैत २७, बागलुङ । गलकोट नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री प्रदान गरेको छ । व्यावसायिक कृषि गर्ने किसानलाई प्लाष्टिक घर (टनेल), मौरीघार र बिउ राख्ने भकारी अनुदानमा वितरण गरेको हो ।

नगरभित्रका ११ वटै वडामा गरी २३६ किसानलाई प्लाष्टिक घर (टनेल) प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नं १ मा ३८, २ मा २२, ३ मा ३५, ४ मा १०, ५ मा २२, ६ मा १५, ७ मा ३३, ८ मा १७, ९ मा ९, १० मा १५ र ११ मा २५ किसानले प्लाष्टिक घर (टनेल) पाएका छन् ।

कूल चार हजार ८०० मूल्यको ‘टनेल’ किसानलाई दुई हजार ४०० मा उपलब्ध गराइएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । वडाबाट आएका माग र सिफारिशका आधारमा किसानलाई अनुदान दिइएको हो ।

अन्नबालीको बीउ राख्न चाहिने भकारीमा ४७ किसानले अनुदान पाएका छन् । वडा नं १, ५ र ६ मा पाँच–पाँच, वडा नं २, ३, ४, ७, ८, ९, १० र ११ का चार–चार किसानले भकारीमा अनुदान पाएका हुन् । १३ हजार मूल्य पर्ने भकारी किसानले छ हजार ५०० मा पाएका छन् । यस्तै नगरभित्रका १२५ किसानले मौरीघारमा अनुदान पाएका छन् । तीन ४५० पर्ने घार किसानलाई एक ७२५ मा उपलब्ध गराइएको हो ।

नगरपालिकाको कृषि तथा पशु सेवा शाखाका अनुसार झण्डै २० लाखको कृषि सामग्री ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको हो । “कृषिको व्यावसायिकरणमा हाम्रो जोड छ” नगरप्रमुख गैरेले भने, “कृषि र पशुपालनमा लगानी र अनुदान अझ बढ्छ ।” कृषिको अनुदान दुरुपयोग हुने र प्रतिफल नआउने प्रवृत्ति रोक्न अनुगमनलाई प्रभावकारी बनाइने भएको छ । रासस

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ००:००