२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकीमा पक्की पुल निर्माण शुरु



चैत २४, कावासोती । नवलपुरको बौदीकाली गाउँपालिका ३ रकुवाको साँघुरीघाटदेखि तनहुँको घिरिङ सुन्धारा गाउँपालिका १ जगौली जोड्ने कालीगण्डकी नदीमा पक्की पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् ।

नदी वारपार गर्न पुरानो झोलुङ्गे पुलको भर पर्दै आएका यहाँका बासिन्दा पुल निर्माणपछि सहज हुने भएपछि खुशी भएका हुन् । जिल्ला सदरमुकाम कावासोती दूरीले टाढा पर्ने भएकाले यहाँका बासिन्दा किनमेल तथा औषधोपचार लगायतका कामका लागि तनहुँ र पोखरा जानुपर्दा नदीमा पुल नबन्दा धेरै समस्या हुने गरेको रकुवाकी स्थानीय ईश्वरी पङ्गेनीले बताइन् । पक्की पुल नहुँदा पैदल हिँड्नुपर्दा समस्या हुँदै आएको पङ्गेनीको भनाइ छ । पक्की पुल बनेपछि सवारी सञ्चालन भएमा यात्रा गर्न सहज हुने उनले बताइन् ।

नीलगिरि गौरी–पार्वती नेशनल जेभी काठमाडौंले चार वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरेर पुल निर्माणको काम शुरु गरेको छ । दुई सय १० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल दुई लेनको हुनेछ । केन्द्रीय सडक विभाग कार्यालय अन्तर्गत पुल विभागले २५ करोड ९३ लाख ५४ हजार ९०० बजेट उपलब्ध गराएको पुल निर्माण समितिका अध्यक्ष कुलमणि ढुङ्गानाले जानकारी दिए ।

पुल निर्माण सम्पन्न भएपछि नवलपुरको पहाडी क्षेत्र, तनहुँको घिरिङ र पाल्पाको निस्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने ढुङ्गानाले बताए ।

सडक कालोपत्र हुँदै

नवलपरासी पूर्व मध्यविन्दु नगरपालिकाको अरुणखोलादेखि दमारसम्मको सडक कालोपत्र हुने भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको अरुणखोला बजारबाट ग्रामीण क्षेत्रमा जाने यो सडक कालोपत्र हुने भएपछि दमार क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

ग्रामीण कच्ची सडक प्रदेश सरकारको बजेटमार्फत कालोपत्र गर्ने तयारी गरिएको हो । अरुणखोलादेखि दमारसम्मको नौ किलोमिटर लम्बाइको सडक कालोपत्र गर्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालय कावासोतीका इञ्जिनीयर शम्भु शाहले जानकारी दिए ।

प्रदेश सरकारको १८ करोडको लागतमा सडकको स्तोरन्नति गर्न लागिएको शाहले बताए । ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अनुसार प्रतिनिधिसभा क्षेत्र नं २ मा यस सडकको स्तोरन्नति गर्न लागिएको इञ्जिनीयर शाहले बताए । रासस

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार ००:००