१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुङ्गल नगरपालिकामा बौलाहा स्यालको आतङ्क



चैत १२, बुझाङ । बझाङको बुङ्गल नगरपालिकामा स्यालको आतङ्क देखिएको छ । एघार जनालाई स्यालले टोकेर घाइते बनाएको छ ।

दिउँसो बाटोमा हिँडिरहेका बेला बुङ्गल नगरपालिका ८ को जल्जली र दासापा भन्ने ठाउँमा स्यालले सात जनालाई टोकेर घाइते बनाएको छ । घाइतेमध्ये केहीको उपचार बुङ्गल नगरपालिका र केहीको जिल्ला अस्पताल सिमखेत चैनपुरमा भइरहेको छ ।

यसअघि स्यालको टोकाइबाट सोही ठाउँमा घाइते भएकी सुना ऐडीको अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ भने बौलाहा कुकुरको टोकाइबाट दुई बालबालिका घाइते भएका छन् । घाइतेमध्ये एकको मुखमा टोकेकाले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर रिफारिश गरिएको जिल्ला अस्पताल सिमखेतले जनाएको छ । स्यालले पशुचौपायालाई पनि टोक्ने गरेको छ ।

बुङ्गल नगरपालिकामै दुई बाख्रा, दुई गाई र एक भैँसीलाई स्यालले टोकेको छ । एक महीनाअघि बुङ्गल नगरपालिका ६ झापामा स्यालकै टोकाइबाट चार घाइते भएका थिए । करीब एक महीनादेखि स्याल र बौलाहा कुकुरको आतङ्क बढेपछि बालबालिकालाई एक्लै विद्यालय पठाउन र आफूलाई समेत जान डर लाग्ने गरेको बुङ्गल नगरपालिका ५ का स्थानीय वीरबहादुर भण्डारीले बताए । रासस

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार ००:००