१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेमा बर्डफ्लू चेक प्वाइन्ट



चैत ५, काभ्रे । केन्द्रीय राजधानी काठमाडाँैलयागत अन्य विभिन्न ठाउँमा बर्डफ्लू देखिए पछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ ।

बर्डफ्लू रोक्न मङ्गलटार, साँगा र नालामा चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा। मोगलप्रसाद शाहले जानकारी दिए । उनका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ ।

नेपाल भेटेरिनरी एशोसिएशनले पक्षी स्वस्थ भएको चेक प्वाइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ । “प्रहरी कार्यालयसँगै चेक प्वाइन्ट राखिनेछ । पंक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन दिइनेछैन,” उनले भने ।

केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै विपी राजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मङ्गलटार नाका, काठमाडाँैबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राख्नेछ ।

यसका लागि केन्द्रले स्थानीय तहहरूलाई पत्राचार गरिसकेको केन्द्र उनले बताए । आयात–निर्यातकर्ताले पंक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरालाई प्रोगशालामा पठाइनेछ ।

सरकारद्वारा विसं २०७४ मा जारी संशोधित आदेशमा बर्डफ्लू रोगको रोकथाम र नियन्त्रण गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समिति रहने उल्लेख छ । रासस

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार ००:००