४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई जिल्ला जोड्ने सडकको काम तीव्र गतिमा



चैत २, अमरगढी । डडेल्धुरामा दुई जिल्ला जोड्ने झण्डै आधा दर्जन सडकको निर्माण कार्य तीव्र गतिमा अगाडि बढको छ । डडेल्धुरा जिल्लाबाट विभिन्न जिल्ला जोड्ने गरी सडकखण्डको अगाडि बढिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ ।

डडेल्धुरा जिल्लाबाट कञ्चनपुर जिल्ला जोड्ने दैजी जोगबुडा बुडर सडक ६५ किलोमिटर र ब्रह्मदेव जोगबुडा गोगन सलौन चिक्रीटे घटाल सडक, डडेल्धुरादेखि बैतडी जोड्ने उग्रतारा मेलौली सडक ४५ किमी, ८५ किमी, बुडर नाइल सडक ४५ किमी, डोटी डडेल्धुरा जोड्ने भत्काडा बडाल रेल उच्चाकोट ६६ किमी, डडेल्धुरा र बैतडी जोड्ने अनाखोली भुलकुँडा देवल ३५ किमी सडकको निर्माण कार्य अगाडि बढिरहेको छ ।

डिभिजन सडक कुलपाते डोटीका डिभिजन प्रमुख दलिराज मल्का अनुसार दैजी जोगबुडा बुडर सडकखण्डको पनि पूर्णरुपमा गत वर्ष नै ट्रयाक खोलिसकेको छ । उक्तसडकको २२ किमी कालोपत्रे कामको ानकारी दिए ।

डडेल्धुरा र बैतडी जोड्ने उग्रतारा मेलौली सडकले पनि आठ किलोमिटरको कालोपत्रेको काम अघि बढेको छ । आनारखोली भल्कुडा देवल सडकखण्डको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको र डडेल्धुरा र डोटी जोड्ने भत्काडा बडाल रेल उच्चाकोट सडकको सात किलोमिटरको कालोपत्रे काम सुरू भएको उनले बताए ।

यस्तै बह्मदेव जोगबुडा गोगन सलौन चिरकिट्टे घटाल आइत सडकको आठ किलोमिटरको काम सम्पन्न भएको सडक डिभिजन कुलपाते डोटीका डिभिजन प्रमुख मल्लले जानकारी दिनुभयो । यी सडकको काम क्रमागतमा सञ्चालन हुने भएकाले प्रक्रियामा अगाडि बढ्ने उनी बताउँछन् । रासस

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार ००:००