१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाको पहलमा सुरक्षित सडक बनाउन शुरु



फागुन ३०, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले वडा नं ५ को पहलमा पोखरा– बागलुङ–जिरोकिलोमिटरको सडकलाई सुरक्षित सडक बनाउन शुरु गरेको छ ।

सुरक्षित सडकको मापदण्डलाई ध्यान दिँदै रोड मेडियन ब्यारियर ९३३ सेन्टिमिटरको उचाइ० निर्माण बुधबारदेखि शुरु गरिएको महानगरका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीलले जानकारी दिए । नेपालीका अनुसार उक्त सडकमा २५ साङ्केतिक पोल राखिनेछ भने छाडा चौपाया नियन्त्रणमा तीव्रता दिइनेछ । सडक सुरक्षाका लागि ट्राफिक पोष्टलाई थप सक्रिय बनाइनेछ ।

छ लेनको आधुनिक सडकमा ब्यारियर नहुँदा चालकले जथाभावी तीव्रगतिमा सवारी हाँक्ने, ट्राफिक नियमको उल्लङ्घन र छाडा चौपायाका कारण दिनहुँजस्तो दुर्घटना हुँदा मानवीय एवं भौतिक क्षति बढ्न गएपछि सुरक्षित सडकका लागि पहल गरिएको नेपालीले बताए ।

उक्त कार्य सम्पन्न गर्न सडक डिभिजन कार्यालय पोखरासँग २०७५ फागुन १४ देखि २०७६ जेठ ३० गते सम्पन्न गर्ने सम्झौता गरिएको छ । ७६ लाख ४३ हजार ४४ को लागतमा सम्पन्न गरिने सम्झौता भएको नेपालीले जानकारी दिए । रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार ००:००