२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङका चार ग्रामीण सडक कालोपत्रेका लागि छनोट



फागुन २९, गलकोट । बागलुङका चार ग्रामीण सडक कालोपत्रे गर्न छनोट भएका छन् । जिल्लाका चार सडकका झण्डै १०० किलोमिटर सडक कालोपत्रेका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले छनोट गरेर काम अगाडि बढाएको हो ।

गण्डकी प्रदेश सरकारको सिफारिमा सङ्घीय सरकारले ग्रामीण सडक कालेपत्रे गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्याङ्कन, आर्थिक र सामाजिक अध्ययनका लागि चारवटा सडक छनोट गरिएको छ ।

अध्ययनका लागि छनोट भएका सडकमा जिल्ला सदरमुकामस्थित अदालत चौतारी–तित्याङ–रायडाँडा हुँदै बरेङ जाने सडक, जिल्लाको दक्षिण भेग जैमिनी नगरको कुश्मिसेरा–सर्कुवा–बिनमारे अर्जेवा हुँदै पूर्तिघाट जोड्ने सडक, जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङ अधिकारीचौर देखि ढोरपाटन उपत्यका जोड्ने सडक र अमरभूमि अर्गल सामुवोट तारा हुँदै रुमा फेदी जोड्ने सडक रहेका छन् ।

आयोजनाले चार सडकलाई दुई वर्षमा अध्ययन प्रतिवेदन तयार पार्ने र एशियाली विकास बैंकसँग साझेदारी गरेर कालोपत्रे गरिने आयोजना प्रमुख महेश अर्यालले बताए । चारवटै सडकमध्ये करीब २५ २५ किलोमिटर वरपरको कालोपत्रेका लागि अध्ययन गरिने आयोजनाले जनाएको छ ।

सबै अध्ययन प्रतिवेदन आइसकेपछि कालोपत्रे गर्ने सडकको एशियाली बैंकसँग सम्झौता गरी कार्यान्वयनका लागि केन्द्रीय सरकारले प्रदेश सरकारको भौतिक योजना मन्त्रालयमा पठाउने छ ।

आयोजनाका अनुसार गण्डकी प्रदेशमा ५९५ किलोमिटर सडकको अध्ययन गरिने र अध्ययनपश्चात् प्राप्त प्रतिवेदनका आधारमा ४२५ किलोमिटर सडक कालोपत्रे गरिने लक्ष्य रहेको छ । रासस

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ००:००