२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेमाल गाउँपालिका अध्यक्ष तामाङ विरुद्ध उजुरी

लेखक स्थानीय खबर २८ फाल्गुन २०७५, मंगलबार २ मिनेट पढाइ

फागुन २८, काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सुनकोशी नदीको बालुवा उत्खनन सम्बन्धि बोलपत्रमा अनियमितता गरेको आरोपमा उनी विरुद्ध आयोगमा उजुरी परेको हो ।

अध्यक्ष तामाङलाई वडा नं २ र ३ का बासिन्दाले बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पर्ने अवगत गराउँदा पनि सुनकोशी नदीको बालुवा उत्खननबारे बोलपत्र आह्वान गरेको र बोलपत्रभन्दा ६० प्रतिशत कम रकममा सम्झौता गरेको आरोपमा स्थानीयवासी डेनी लामाले आयोगमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा पालिकाले बालुवा उत्खननका लागि वडा नं २ चुखाबेशी बगरमा एक करोड ५० लाख ८६ हजार तथा वडा नं ३ च्युरीआँप बगरमा एक करोड ५० लाखमा बोलपत्र आह्वान गरी दुवैको ८३ लाखमा दुवाकोट कन्सट्रक्सन एवं शाली नदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामासँग सम्झौता गरी उत्खनन प्रक्रिया अघि बढाउन लगाएको र बीस प्रतिशत शेयरसमेत गाउँपालिका अध्यक्ष लामाले लिएको उजुरीमा उल्लेख छ ।

“बयानब्बे सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदारले १० देखि १५ मिटरसम्म बालुवा निकालकाले अख्तियारमा उजुरी हालेका हौँ” लामाले भने, “बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पारी बोलपत्र आह्वान गरेको पाइयो ।” ठेक्का लिएको कम्पनीले दुई स्थानमा सम्झौता विपरीत बालुवा झिक्दा स्थानीयवासीले उत्खनन बन्द गराएका छन् ।

अध्यक्ष लामाले बोलपत्रभन्दा केही प्रतिशत रकम घटाएर ठेक्का लिएको कम्पनीसँग सम्झौता गरेको स्वीकार्दै विवाद भएपछि बालुवा उत्खनन बन्द गराएको बताए । उनले भने, “मप्रति लगाएको आरोप झुठा हो, म पनि सम्बन्धित निकायले छानबिन गरोस् भन्नेमा छु ।”

गाउँसभा स्थगित

तेमाल गाउँपालिकाको दोस्रो गाउँसभा विवादका कारण स्थगन गरिएको छ । उपाध्यक्ष दुर्गामाया तामाङले बहुमत जनप्रतिनिधि उपस्थित नभएपछि गाउँसभा स्थगन गरिएको बताइन् । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।