२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरः वडा कार्यालय भवन शिलान्यास



फागुन २७, चितवन । भरतपुर महानगरपालिका–१७ को वडा कार्यालय भवनको आइतबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वडा कार्यालयको शिलान्यास गरेकी हुन् ।

दाताको सहयोग दुई कट्ठा र महानगरपालिकाले खरीद गरेको दुई कट्ठा गरी चार कट्ठाको क्षेत्रफलमा आधुनिक बैठक कक्षसहित चार कोठे कार्यालय भवन बन्न लागेको हो ।

५० लाखको जग्गा र भवन निर्माणको लागि एक करोड १४ लाख गरी एक करोड ६४ लाखको लागतमा सुविधा सम्पन्न वडा कार्यालय भवन बन्न लागेको हो । भवन यसै आर्थिक वर्षमा सम्पन्न गरी सेवा प्रवाह गर्ने लक्ष्य राखिएको वडा नम्बर १७ का अध्यक्ष ललितमान तामाङले बताए ।

भवन निर्माण समन्वय समितिका संयोजक चुडामणि खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गादाता गोपाल दराईं र लक्ष्मी महतोलाई सम्मान गरिएको थियो । सो अवसरमा महानगर प्रमुख दाहालले आफू बोलेरभन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताइन् । उनले विकास निर्माणमा एकजुट भएर लाग्न आग्रह पनि गरिन् । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ००:००