२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालय पुग्न ४ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता



फागुन २६, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।

वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको हो ।

चिसापानी वडा कार्यालय आउन दुई वटा विकल्प छ । एउटा पैदल यात्रा गरेर करीब चार घण्टा यात्रा गर्नुपर्ने र अर्को सवारी साधनमार्फत प्रदेश नं ४ को दुम्किबास, दाउन्ने हुँदै चिसापानीसम्म आउनुपर्ने हुन्छ ।

तराई क्षेत्रको नगरपालिका भए पनि पटुके बस्ती विकट पहाडी खोँचमा पर्दछ । स्थानीय तहको सिमाङ्कनको समयमा यहाँका बासिन्दाले आफूहरुलाई बर्दघाट नगरपालिका जानका लागि असहज हुने र भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समेत असर पुग्ने भन्दै नजीकै केन्द्र रहेको विनयीत्रिवेणी गाउँपालिकामा गाभ्नका लागि प्रशासन र राजनीतिक दलका नेतालाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नहुँदा अहिले सामान्य सेवाका लागिसमेत घण्र्टौ हिँड्नुपर्ने बाध्यता परेको हो ।

त्यहाँका सेवाग्राहीलाई वडा कार्यालयमा आउन करीब चार घण्टाको पैदल यात्रा र सवारी साधनमा आउँदा पनि करीब दुई घण्टा लाग्ने अवस्था देखिन्छ । वडा कार्यालय आउन सडक सञ्जाल राम्रो नहुँदा यस्तो समस्या हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

यस पटक सो क्षेत्रमा सडकको बाटो खोल्ने काम सम्पन्न भइसकेको र यस वर्ष करीब १ करोडको लगानीमा सडक विस्तारको काम गर्ने योजना रहेको बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले जानकारी दिए ।

पटुके बस्तीमा करीब तीन सय जनसङ्ख्या रहेको छ । आफ्नै वडा कार्यालय जान घण्टौँ हिँडेर पुग्नुपर्ने भन्दै स्थानीयवासीले वडा कार्यालय पायक पर्ने स्थानमा सार्न माग गरेका छन् । रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार ००:००