२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण नगरपालिका पुरस्कृत



फागुन २४, भक्तपुर । महिलालाई आर्थिक विकासमा अग्रसर बनाउँदै सशक्तीकरण गरेको भन्दै राष्ट्रिय महिला आयोगले चाँगुनारायण नगरपालिकालाई सम्मान गरेको छ ।

नगरपालिकाले ३६ लाख बजेट विनियोजन गरी महिलालाई विभिन्न तालीम सञ्चालन गरी एक हजार ५०० भन्दा बढी महिलालाई दक्ष बनाएकामा मूल्याङ्कन गर्दै सम्मान गरेको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकाले महिलाका लागि उद्घोषण, काष्ठकलामा सीप विकास तालीम, ब्युटिसियन, लोकसेवा तयारी कक्षा, कृषि तालीम लगायत विभिन्न तालीम सञ्चालन गरेको थियो । यस वर्ष पनि नगरपालिकाले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले बताए । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ००:००