२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुर्तिवाङ–बुङ्गादोभान सडक बनाउँदै पुनःनिर्माण प्राधिकरण



फागुन २४, बलेवा । सामान्यतया निजी आवास बनाउने भूकम्प पुनःनिर्माण प्राधिकरण र जिल्ला कार्यान्वयन एकाइले बागलुङको एक सडक पनि निर्माण गर्न थालेको छ । भूकम्पको समयमा पहिरोले क्षतविक्षत् भएकाले बुर्तिवाङदेखि बुङ्गादोभान जाने सडक बनाउन लागिएको हो ।

चालु आर्थिक वर्षभित्रै सक्ने गरी यो सडकको काम शुरु भएको हो । यो सडक आगामी असार मसान्तसम्म सक्ने गरी काम भएका पुनःनिर्माण आयोजनाका उपनिर्देशक रामाशिष साहले बताए ।

सडक निर्माणको क्रममै हिउँदे बाटोमा तमानखोला गाउँपालिकाको केन्द्र बुङ्गादोभानमा बस पुग्न थालेका छन् । यो सडकमा दुईवटा पुलसमेत प्राधिकरणले बनाउने छ । यो सडक बनेपछि बुर्तिवाङदेखि तमानखोला गाउँपालिकाको केन्द्रसम्म सहजै पुग्न सकिन्छ ।

आयोजनाले यो सडकका लागि १५ करोड ७९ लाख खर्च गर्न लागेको हो । अहिलेसम्म ५० प्रतिशत काम सकिएको साहले बताए । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ००:००