१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेश सभामा प्राङ्गारिक कृषि विधेयक पेस



फागुन १८, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठकमा प्राङ्गारिक कृषि समबन्धी विधेयक टेबुल गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ आज बैठकमा पेस गरिएको हो ।

सैद्धान्तिक छलफल सकियो

प्रदेश सभाको आजको बैठकमा ‘कर्णाली प्रदेश सार्वजनिक प्रसारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले प्रकाशनसँग सम्बन्धित विधेयकलाई यसै विधेयकमा समावेश गरेर ल्याउने हो सरकारले प्रष्ट पार्नुपर्ने बताइन् ।
फेसबुक र सामाजिक सञ्जालले समाजमा विकृति ल्याएकाले यसलाई नियमन गर्ने खालको कानूनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

परिवारका सदस्यले सँगै बसेर हेर्न नमिल्ने खालका कार्यक्रम आइरहेकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् ।

अर्का प्रदेशसभा सदस्य विन्दमान विष्टले मन्त्रालय सबैको अभिभावकको हुनुपर्ने र हरेक गतिविधि नियमन गर्न अलग्गै निकायको व्यवस्था गर्नुपर्ने सु्झाव दिए ।

विधेयकमा सञ्चारमाध्यममा रहने पत्रकारको अवस्था र उनीहरुको लागि क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझाव दिए । रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार ००:००